KM Group Logo
Back to Blog
Author

रातोपाटी संवाददाता

April 28, 2024

प्रदेश–१ मा डिजाइन एन्ड विल्ट मोडेलका पुल सञ्चालनमा

Featured Image

काठमाडौं । भौतिक पूर्वाधार निर्देशनालय प्रदेश–१ इटहरीबाट डिजाइन एन्ड विल्ट (निर्माण व्यवसायी आफैले पुलको डिजाइन गरी निर्माण गर्नुपर्ने) मोडेलका दुईवटा पुल सञ्चालनमा आएको छ । पाँचवटा मध्ये तीनवटा निर्माण क्रममा रहेका छन् । यारी खोला पुल (६० मिटर) उदयपुर, गत २०७८ साल पुस २१ गते प्रदेश–१ भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले उद्घाटन गरेपछि सुचारु भएको हो । त्यस्तै गत भदौ ४ गते गिदेरी खोल पुल (७५ मिटर) उदयपुर परराष्ट्रमन्त्री नारायण खड्का र प्रदेश सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले संयुक्त रुपमा पुलको उद्घाटनसँगै सुचारु भएकाे थियाे । यारी खोला पुल आश्रय केएम जय विष्णु जेभीले निर्माण गरेको थियो भने गिदेरी खोला पुल इलाइट सूर्य एन्ड सन्स् जेभी धरानले निर्माण गरेको हो । सैगरी तेह्रथुमको छथर गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिका बीचमा पर्ने तमोर नदीको हाकपराघाट (१५० मिटर), ताप्लेजुङ लिंखिम र खेजेनिम जोड्ने तमोरमा पुल (६० मिटर), सोलुको थुलुङ–दुधकोशी गाउँपालिकाअन्तर्गत दूधकोशी नदीमा (९०मिटर) काे पुल निर्माण कार्य हुँदै गरेको निर्देशनालयका निर्देशक उत्तमनारायण खरेलले जानकारी दिए । भौतिक पूर्वाधार निर्देशनालय प्रदेश–१ अन्तर्गतका अधिकांश पुलहरु दुर्गम क्षेत्रमा निर्माण भइरहेको र कोभिडका बाबजुद पनि २०७८/०७९ मा पुल निर्माणमा उल्लेखनीय प्रगति भएको निर्देशक खरेलले जानकारी दिए ।

Share: